आयोगमा एक हजार उजुरीमाथि छानबिन हुँदै

24 November, 2017 22:25 | जन सरोकार | comments | 18000 Views

सत्य निरुपण तथा मेलमिलाप आयोगको ६ नं प्रदेश मुकाम कार्यालय सुर्खेतले गत जेठ यता झण्डै एक तिहाइ उजुरीमाथि छानबिन गरेको छ । प्रदेश मुकाम कार्यालयमा पहिलो चरणमा एक हजार उजुरीमाथि छानबिन गरिएको कार्यालयले जनाएको छ ।

आयोगका सदस्य एवं ६ नं प्रदेश मुकाम समन्वय कर्ता डा माधवी भट्टले सुर्खेत मुकाम कार्यालय स्थापना भएको पाँच महिनाका अवधिमा एक हजार उजुरीमाथि अनुसन्धान एवं छानबिन भइरहेको जानकारी दिए । अन्य प्रदेशको तुलनामा ६ नं प्रदेशलाई छानबिन तथा अनुसन्धानका क्रममा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

सशस्त्र द्वन्द्वको उद्गमस्थल र उर्वर यही प्रदेशमा भएकाले यहाँ बढी उजुरी परेको भन्दै अन्य प्रदेशसरह यस प्रदेशलाई हेर्न नहुने उनको भनाइ छ । अनुसन्धानका क्रममा पीडितसँग भेट गर्न र साक्षी बोलाउन आउजाउ गर्नै कठिन भएकाले अनुसन्धान तथा छानबिनको काम केही ढिलो भएको उल्लेख बताए ।

आयोगले सुर्खेतस्थित उच्च सरकारी वकिल कार्यालयलाई मुकाम तोकेर अनुसन्धान र छानबिनको काम जारी राखेको छ । एक मुख्य अनुसन्धान अधिकृत र दुई सहायक अनुसन्धान अधिकृतसहित अन्य ११ कर्मचारी सो मुकाममा खटिएका छन् । प्रदेश नं ६ मा मात्रै करिब १० हजार बढी उजुरी परेकाछन् ।

यो पनि पढ्नुहोस्

सत्य निरुपण तथा मेलमिलाप आयोगमा आममाफी छैन : कांग्रेस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More