आर्थिक वर्ष २०१८ का लागि जापानको बजेट ९७.७ ट्रिलियन येन

17 December, 2017 14:20 | जापान | comments | 27000 Views

सामाजिक सुरक्षा अभिबृद्धि र सुरक्षा खर्चका कारण केन्द्रिय सरकारको २०१८ का लागि अनुमानित बजेट ९७.७ ट्रिलियन येन रहेको र यो लगातार छैटौ वर्षको उच्च बृद्धि रहेको सरकारी स्रोतहरुले शनिबार बताएका छन् ।

मध्यम आर्थिक बृद्धिदरले कर आयलाई करिब ५९.१ ट्रिलियन येन सम्म पुर्याउने अपेक्षा गरिएको छ जुन मार्चमा अन्त्य हुने २०१७ आ.ब भन्दा १.४ ट्रिलियन येन बढि रहेको स्रोतहरुले बताएका छन् । चालु आ.ब को सुरुवाती ९७.४५ ट्रिलियन येन बजेटसंग तुलना गर्दै आगामी शुक्रबार मन्त्रालयले यस बजेटलाई पारित गर्ने अपेक्षा गरिएको छ । अप्रिलमा सुरु हुने आ.ब २०१८ का लगि सरकारी बोन्ड लाभांस करिब ७०० बिलियन येन घटेर ३३.७ ट्रिलियन येन कायम हुने भएको छ र यो लगातार आठ वर्षसम्मको निरन्तर घटिरहेको छ भने आ.ब २००९ यताकै न्युन हो ।

विकसित देशहरुमा जापानको स्वास्थ्य बजेट निकै कम भएकाले जापानले सरकारी बोन्ड लाभांश घटाउने प्रयास गरिरहेको छ । तर योजनाकृत परियोजनाहरुका लागि सरकारी लगानीमा सरकार निकै निर्भर रहेको छ । ऋण सुविधा र कर आय वितरण बाहेकका सामान्य खर्चमा करिब ५८.९ ट्रिलियन येन छुट्टयाइने स्रोतहरुले बताएका छन् र यो जापानको बढ्दो बृद्ध जनसंख्या र उत्तर कोरियाको क्षेप्यास्त्र प्रतिरोधका कारण रहेको छ ।

बजेटले सामाजिक सुरक्षाका लागि करिब ३३ ट्रिलियन येन र रक्षा खर्चका लागि ५.२ ट्रिलियन येन राख्ने भएको छ ।

जापानको रक्षा बजेट ५.२६ ट्रिलियन येन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More