आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि

25 April, 2018 21:11 | अर्थ | comments | 28500 Views

यस आर्थिक बर्षमा मुलुकको अर्थतन्त्र झण्डै ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो ।

वर्तमान सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेको भन्दा यो वृद्धिदर ०.११ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएको थियो ।

गतवर्ष ६.९ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी) यसवर्ष पनि तुलनात्मक रुपमा उच्च रहेपछि प्रतिव्यक्ति आय समेत बढेको विभागको भनाइ छ ।

नेपालीहरुको प्रतिव्यक्ति आय यसवर्ष एक हजार डलर नाघेको छ । यो हालसम्मकै उच्च हो । तथ्यांकअनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १ हजार ४ अमेरिकी डलर (करिब १ लाख ४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यो प्रतिव्यक्ति ८ सय ६२ डलर थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!