मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु

इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

13 December, 2017 10:13 | जन सरोकार | comments | 19650 Views

मृत्यु

चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार मंगलबार इँटाभट्टामा सो घटना भएको थियो । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इँटाभट्टामा कार्यरत बाल श्रमिकको उद्धार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More