इजीलिंक र कैलाश विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

12 October, 2017 18:58 | कर्पोरेट/पर्यटन | comments | 13350 Views

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ देशमा रेमिट्यान्स भित्राउदै आएको इजीलिंक रेमिट्यान्स प्रा.लि. र कैलाश विकास बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र अपरेशन प्रमुख सालीक राम दाहाल तथा कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्य संचालन अधिकृत बिमल कुमार तिमिल्सिना र अधिकृत कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि विश्वका विभिन्न देशहरुबाट साथै देशभरि जुनसुकै स्थानहरुबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम कैलाश विकास बैंकका देशभरि रहेका ३८ शाखाहरुबाट सजिलै भुक्तानी लिन र सिधै आफ्नो खातामा जम्मा गर्न सकिने भएको छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्स मार्फत विदेश तथा स्वदेश बाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रबैंक बाट १ नम्बरको इजाजत प्राप्त रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।

इजी लिंक रेमिट्यान्सको दशैं तिहार उपहार योजना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More