इन्काण्टर ‘फेक’ हैन, अपहरणकारीलाई २४ घण्टामा निस्तेज पार्न सरकार सफल

10 August, 2018 14:18 | राजनीति | comments | 6750 Views

गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा एक बालकको अपहरण गरी हत्या गरेका अपहरणकारीमाथि भएको इन्काउण्टर बाहिर हल्लामा आएजस्तो झूठो नभएको दावी गर्नुभएको छ ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुको प्रश्नको उत्तर दिंदै गृहमन्त्री थापाले अपहरणकारीलाई २४ घन्टामा निस्जते पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको समेत दावी गर्नुभएको हो ।

adsads

गृहमन्त्री थापाले भन्नुभयो, ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएका हुन् । फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेको छ ।

त्यस क्रममा गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताउँदै सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको पनि बताउनुभयो ।

एक अर्को प्रश्नमा गृहमन्त्री थापाले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्ट पार्नुभएको छ ।

अपहृत बालकको शव भेटियो, प्रहरीसंगको मुठभेडमा दुईजना अपहरणकारी मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More