Wednesday 29, March 2017
नेपाली समय: 11:28:59
जापानी समय: 02:43:59

इन्डोनेसियामा नौ नेपाली पक्राउ

11 January, 2017

इन्डोनेसियामा नौ नेपाली पक्राउ

इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

इन्डोनेसियाको अनलाइन समाचार पोर्टल जकार्ता पोस्ट डट कमका अनुसार पक्राउ परेका ९ जना नेपाली कसैसँग पनि इन्डोनेसियाको भिसा थिएन । मानव तस्करले उनीहरूलाई त्यहाँ पु¥याएको आशंका अध्यायगमनको छ ।

पक्राउ परेका ९ नेपालीमा विश्वराम खड्का (२७), रवी पुन (२७), जगन्नाथ पाण्डे (२७), सञ्जीव आर.टी (२७), अनिश लामा (२०), राजेन्द्र लिम्बु (२९), कैलाश तामाङ (२९), विष्णुबहादुर पुन (३१) र प्रकाश लामा (३५) छन् । उनीहरू एक साताअघि इन्डोनेसिया पुगेको जनाइएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

मलेसियामा दर्जनौं नेपालीसहित सयौं विदेशी कामदार पक्राउ

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo