ललितपुर प्याट्रियट्स ललितपुर प्याट्रियट्स

  • ललितपुर प्याट्रियट्स
  • ललितपुर प्याट्रियट्स
  • ललितपुर प्याट्रियट्स
  • ललितपुर प्याट्रियट्स
  • ललितपुर प्याट्रियट्स
  • ललितपुर प्याट्रियट्स

इपिएल क्रिकेटमा ललितपुर प्याट्रियट्सको विजयी सुरुवात

18 December, 2017 19:04 | खेल | comments | 137700 Views

ललितपुर प्याट्रियट्स

टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

आज(सोमबार) भएको पहिलो खेलमा ललितपुरले काठमाडौं किङ्स इलेभेनलाई ७ विकेटले पराजित गर्यो ।

adsads
त्रि वि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ८९ रन बनायो । उसका लागि अमित श्रेष्ठले २७ रन बनाए भने मेरेननेज अक्शु प्रिहन फर्नान्डोले १५ रन जोडे ।

त्यस्तै सोमपाल कमीले १४ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । काठमाडौँका ८ ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । ललितपुरको लागि सुबोथ बाथीले ४ विकेट लिए भने ललित नारायण राजवंशीको भागमा ३ विकेट रह्यो । यसैगरी नेपाली अलराउन्डर मेहबुव आलमले २ विकेट लिने र योगेश नागरले १ विकेट लिए ।

९० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको ललितपुरले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि जयकिसन कोल्सावालाले अविजित रहदै ४४ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोडे । त्यस्तै राजबिर सिंह १४ रनमा अविजित रहे । काठमाडौँको लागि मेरेननेज अक्शु प्रिहन फर्नान्डोले २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

चितवन टाइगर्सद्वारा तीन भारतीय खेलाडी सहित टोलीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ललितपुर प्याट्रियट्स

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More