इपिएल रौनक : खेलाडी नचल्दा उत्साजनक रहेन दिन(भिडियो सहित)

18 December, 2017 20:09 | खेल | comments | 103350 Views

विगत एक महिना अघिबाट चर्चामा रहँदै आएको एभरेष्ट प्रिमियर लिग (इपिएल)को उद्घाटन सोमबारबाट त्रि वि मैदान कीर्तिपुरमा भएको छ । प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको ब्रान्डीङको प्रयास गरिएपनि जति चर्चा गरियो उतिकै भब्य भने हुन सकेन् ।

क्रिकेटमा नै लोकप्रिय यो छोटो विधा खेल भन्दा बढी क्रिकेटमा मनोरञ्जन लिनका लागि पर्याप्त मानिन्दै आएको छ । अझ भनौं क्रिकेटको कलाका रुपमा टि-२० लाई लिने गरीन्छ । जहाँ ब्याट्सम्यानहरुले आफ्नो ब्याटिङ जादु देखाउँदा बलरहरुपनि आफ्नो एक्सपर्ट छवि उतार्ने प्रयासमा हुन्छन् ।

तर आईपिएलकै झझल्को दिने गरेर चर्चा गरिएपनि नेपाली खेलाडीको खराब ब्याटिङकलाई चर्चाले कसरी ढाक्थ्यो र ? त्यस्तै भयो सोमबारपनि प्रतियोगिताकै दाबेदार मानिएको काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रिअट्सको खेलले दर्शकलाई कुनै आनन्द दिएन् । खेललाई मान्ने हो भने दर्शकले तिरेको सय रुपैंयाको टिकटको मूल्य असुल भएन । तर क्रिकेट बाहिरको मनोरञ्जनलाई आधार मान्ने हो भने सन्तोष गर्नलाई पर्याप्त रह्यो । दर्शकले आफ्नो मुल्यको प्राइस इंनिग ब्रेकका दौरान भएका सांस्कृतिक कार्यक्रमबाट उठाएको मान्न सकिन्छ नकि क्रिकेटको चौका छक्का ।

इंनिग ब्रेकमा स्वस्तिमा खड्का देखि काठमाडौं सर्कस र कार्टुन क्रुजलगाएतको सांस्कृतीक कलाले दर्शकलाई केहि मनोरञ्जन भने पक्कै मिल्यो तर क्रिकेटकै स्वादबाट आफ्नो टिकटको मूल्य असुल्न टियू मैदान पुगेका खेल समर्थककै भने दिन निरासनै रह्यो साथै चौका र छक्कामा रमाउने चियर्स लिडरहरुको कला दुर्लभ रह्यो । आईपिएलको झल्को दिने अनुमान गरीएपनि इपिएल कमजोर कपिका रुपमा प्रतियोगिताको सुरुवातलाई लिन सकिन्छ ।

आयोजकका लागि अपेक्षित दर्शकको उपस्थितिले सुरुवाती हौसला मिलेको हुनु पर्छ तर प्रदर्शनमा सुधार नआउने र ब्याटिङमा चौका र छक्का नदेखिने हो भने इपिएल निराशापुर्ण प्रतियोगिताका रुपमा अन्त हुनेछ । चौका र छक्का कै लागि अन्तराष्ट्रिय खेलाडी सम्मलाई आकर्षित गरेपनि छोटो अवधिको यो संस्करणमा पुरा ओभर नखेल्दै १०० रननै नबनाई टिम अलआउट हुनु पक्कै राम्रो संकेत होइन् तर अपेक्षित प्रदर्शनमा सुधार गर्दै क्रिकेटसँगै मनोरञ्जनको यो स्वाद निरन्तर रहने विश्वास बाँकी नै छ ।

भिडियो-

इपिएल क्रिकेटमा ललितपुर प्याट्रियट्सको विजयी सुरुवात

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सौराहामा लक्ष्मणको कला

फेसबुक

सौराहामा लक्ष्मणको कला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!