इमर्जिङ कपका लागि राष्ट्रिय टिमको घोषणा

15 March, 2017 16:24 | खेल | comments | 7200 Views

gyanendra-e1489399603186

आगामी १२ चैतबाट सुरु हुने सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । टिममा केहि नयां अनुहारलाई मौका दिएको छ भने सनियर केहि खेलाडीलाई आराम दिएको छ ।

आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, नियमित कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित १५ सदस्यीय नेपाली टोलीको चयन गरेको छ भने ४ बैकल्पीक खेलाडीका रुपमा रहेका छन् ।

इमर्जिङ कपमा नेपालका भेट्रान स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी तथा फष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ भने स्वास्थ्यका कारण यसअघिनै नखेल्ने घोषणा गरीसकेका कप्तान पारस खड्कापनि टिममा हुने छैनन् । घोषित टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ भने उपकप्तान शरद भेषावकर रहेका छन् ।

त्यस्तै टोलीका अन्य सदस्यमा बिनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहवुव आलम, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । आसिफ शेखले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । अभिनाश कर्णलाई सोमपालको स्थानमा ल्याइएको छ । सुनिल धमलालाई पुन एकपटक ओपनरके जिम्मेवारी दिइने छ । त्यस्तै भुवन कार्की, सुसान भारी, दिपेश श्रेष्ठ र दिलीप नाथलेपनि अन्तिम १५ मा स्थान बनाए ।

त्यस्तै चार बैकल्पिक खेलाडीहरुमा कुसल भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेस पुलामी मगर र सुशिल कंडेल भुवन कार्की, शुसान भारी, दिपेश श्रेष्ठ र दिलिप नाथ छन् । प्रतियोगिता २२ चैतसम्म चल्ने छ । नेपाल समूह बी मा छ । यस समूहमा नेपालसँगै पाकिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।

पारसले इमर्जिङ कप क्रिकेट नखेल्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More