इरान इरान

  • इरान
  • इरान
  • इरान
  • इरान
  • इरान
  • इरान

इरानमा दुई दिनमा दुई वटा भूकम्प

13 December, 2017 19:57 | विश्व समाचार | comments | 67500 Views

इरान

इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको समाचार छ ।

मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । स्थानीय समयानुसार मङ्गलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए । त्यसै गरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ ।

यी दुवै भूकम्पको केन्द्रंविन्दु होजाक सहरमा नै भएको भएता पनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बैग्लै भूकम्प भएको भूगर्भशास्त्रीहरुले जनाएका छन् । यो दुबै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने समाचार प्राप्त नभएको जनाइएको छ ।

भूकम्पको धक्कापछि आजसम्म यहाँको जनजीवन निकै प्रभावित भएको जनाइएको समाचार संस्थाहरुले बताएका छन् । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका छन् । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको छ ।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ । इरानमा दुई महिनामात्र अघि आएको शक्तिशाली भूकम्पबाट दर्जनौँ मानिस मारिएका थिए

इरानमा छ म्याग्निच्युडको भूकम्प

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
इरान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More