ईजिलिंक रेमिटले अमेरिका सिंगापुर देशवाट कारोवार सुरुगर्ने

Kabi Adhikari 15 May, 2018 10:34 | जापान | comments | 10650 Views

जापानवाट एक दशकअघि देखि रेमिट्यान्स कारोवार गर्दै आएको ईजिलिंक रेमिट कम्पनीले आफनो सेवा युरोप, अमेरिका, सिंगापुर लगायत देशवाट सेवा सुरु गर्ने बताएको छ ।

जापानको टोकियोस्थित आफ्नै कार्यालयमा आईतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा ईजिलिंक रेमिट्यान्सले अवको योजना अमेरिका,सिंगापुर लगाएत देशवाट सेवा सुरु गने बताएको हो ।

ईजिलिंक रेमिट्यान्सको कार्यकारी निर्देशक डिपी अर्यालका अनुसार ईजिलिंक रेमिट्यान्सले अवको योजना अमेरिकामा एक दुई महिना र सिंगापुरमा केहि समयमै सेवा सुरुगर्ने बताउनु भएको हो ।

अर्यालले जापानमा पर्याप्त मात्रमा रेमिट्टयान्स कम्पनीहरुको उपस्थिति र प्रभावकारी सेवाको उपलब्धता रहेतापनि केहि व्यक्ति विशेषहरुले अझै अनाधिकृत रुपमा नेपाल पैसा पठाउने गरेको खुलासा पनि गरे । उनले भने, अनौपचारिक बाटोबाट पैसाको ओसारपसार भएको भन्ने हामीलाई पनि महशुस हुन्छ । अर्यालले गैरकानुनी रुपमा पैसा पठाउने गरेको खुलासा गरेता पनि कसले कसरी र कुन माध्यमबाट अनाधिकृत रुपमा पैसा नेपाल पठाउने गरिएको छ भन्ने चाहीँ आफुलाई जानकारी नभएको बताउनु भयो ।

ईजिलिंक रेमिट कम्पनी सन २०१० देखि जापानबाट नेपाल लगायत बिभिन्न देशहरुमा रेमिट्टयान्स सेवा प्रदान गर्दै आएको इजिलिन्कले सेवालाई बिस्तार गर्ने क्रममा नेपाल बाहेक भियतनाम, दक्षिण कोरिया र संसारको प्रसिद्ध मनी ट्रान्सफर कम्पनी ’एक्स्प्रेस मनीको सहकार्यमा विश्वको १६५ देशमा २ लाखभन्दा बढी शाखाहरुबाट आफ्नो सेवा बिस्तार गरेको जनाएको छ ।

नेपालको लागि जापानबाट रेमिट्यान्स सुरुगर्ने पहिलो नेपालीको रुपमा समेत आफ्नो परिचय बनाएका अर्यालले आउने दिनमा अझ उत्कृष्ट र विशिष्ट सेवा दिँदै जाने अर्यालले पत्रकार भेटघाटमा बताउनु भयो ।

सिनओकुवोमा ईजिलिंक रेमिटयान्सको नयाँ शाखा (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!