Tuesday 21, February 2017
नेपाली समय: 06:22:24
जापानी समय: 09:37:24

ईमरान र अभिषेकले छाडेको सिनेमाबाट रानी मुखर्जीको कमब्याक ?

11 January, 2017

अभिनेत्री रानी मुखर्जी २०१४ मा सिनेमा ‘मर्दानी’मा काम गरेपछि पर्दाबाट गायव भईन् । त्यो बीचको समयमा उनले एक सन्तानलाई जन्म दिईन र आमाको अनुभव बटुलिन् । आमा बनिसकेकी रानी केही समय त मिडियाबाटै हराईन् । तर अब भने उनी पर्दामा कमब्याक गर्ने तयारीमा छिन् । निर्देशक सिद्धार्थ पी मल्होत्राको सिनेमाबाट रानीले कमब्याक गर्न लागेको खबर भारतीय अनलाईनहरुमा छापिएको छ ।

rani-mukerji_650_081314102141

यो सिनेमाका लागि रानी पहिलो रोजाई भने हैनन् । रानीले अभिनेता ईमरान हाशमी र अभिशेक बच्चनले छोडेको सिनेमाबाट कमब्याक गर्दैछिन् । सिद्धार्थ पहिले यसमा ईमरानलाई लिन चाहन्थे । ईमरान पनि यसमा काम गर्न ईच्छुक थिए । तर बिशेष कारणवश ईमरानले यसमा काम गर्न सकेनन् । ईमरानले काम नगर्ने भएपछि फिल्मको प्रस्ताव अभिनेता अभिशेक बच्चनलाई गयो । तर अभिशेकले यसमा काम गर्न अनकन गरे । दुईवटा अभिनेताले यसमा काम नगर्ने भएपछि सिनेमाको कथा सुनाउन सिद्धार्थ, चोपडा हाउसमा पुगे ।

त्यहाँ पुगेर सिनेमाको न्यारेशन सुनाईसकेपछि रानी मुखर्जी यसमा काम गर्नको लागि तयार भईन् । रानीले सिनेमामा काम गर्ने भएपछि सिनेमाको कथा नै उल्टिएको छ । पहिले मुख्य भूमिकामा अभिनेतालाई देखाउने तयारी थियो भने अब अभिनेताको ठाउँमा अभिनेत्री देखिनेछिन् । यो फिल्मको कथा एक बालिकाको वरिपरि घुम्छ जो सानोमा सामान्य कुराकानी गर्दा गर्दै आक्रोश हुन्छिन् । तर पछि गएर सफल शिक्षिका बन्छिन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads