उच्च मनोबलका साथ निर्वाचनमा होमिनुपर्छ : नेता आचार्य

18 October, 2017 18:19 | राजनीति | comments | 6300 Views

महेश आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा सहभागी हुन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

सो पार्टीका भ्रातृ एवम् भङ्गिनी सङ्गठनद्वारा आज(बुधबार) विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले भन्नुभयो –“नेपाली काँग्रेसले आउँदो निर्वाचनमा ठूलो पार्टी रुपमा पुनः स्थापित हुनेछ ।”

केन्द्रीय सदस्य आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभेर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै वाम गठबन्धनको कारणले नेपाली काँग्रेसलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभयो । अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दीपावलीले देशको समृद्धिको बाटो खोल्ने उल्लेख गर्दै सङघीय र प्रदेशको निर्वाचनपछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने बताउनुभयो ।

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्दै उहाँले साना–तिना कुरालाई बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेससँग नसक्ने भएर वाम गठबन्धन भएको प्रसंग उल्लेख गर्दै नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिने बताउनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख एवम् नेपाली काँग्रेस नगर समितिका अध्यक्ष भीम पराजुलीले पार्टीभित्रको गुट–उपगुटलाई अन्त्य हुनुपर्नेमा जोड दिँदै नेपाली काँग्रेस एक भएर अगाडि बढ्यो भने अधिकांश ठाउँमा जित प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन मोरङका सभापति सुशील कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ट्रेड युनियनका दक्षिण एशियाका महासचिव लक्ष्मण बस्नेत, नेपाल महिला सङ्घ मोरङकी सभापति शान्ता पौडेल, नेपाल विद्यार्थी सङ्घका सह–महामन्त्री कृष्ण कार्की लगायतले आसन्न निर्वाचनतर्फ सबैलाई केन्द्रित हुन आह्वान गर्नुभयो ।

सर्वोच्चद्वारा मतपत्रसम्बन्धी रिटमा अन्तरिम अादेश अस्वीकार,निर्वाचन सर्ने अन्योल्ता हट्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More