उत्तर कोरियाको पछिल्लो मिसायल प्रक्षेपण जापानका लागि खतरा

15 May, 2017 16:45 | जापान | comments | 7950 Views

एकपछि अर्को मिसायल परीक्षण गर्दै कोरिया प्रायद्वीपमा युद्धको उन्माद मच्चाइरहेको उत्तर कोरियाले आइतबार प्रक्षेपण गरेको मिसायलले जापानको सुरक्षालाई थप चुनौति दिएको जापानको रक्षा मन्त्री तोमोमी इनादाले बताउनुभएको छ ।

इनादाले बताए अनुसार सो मिसायल नयाँ प्रकारको हुनसक्ने बताउँदै प्रक्षेपित सो मिसायल २००० किलोमीटरभन्दा माथि पुगेर लगभग ३० मिनेटसम्म उडिरहेको थियो । यो मिसाइलले बादलभन्दा माथि जान नसकोस भनेर यसको गति सामान्यता भन्दा धेरै राखिएको बताइएको छ ।

इनादाले बताए अनुसार उत्तर कोरियाले २००० किलोमिटरको दुरी तय गर्ने ब्यालेष्टिक मिसायल प्रक्षेपण गरेको यो पहिलो पटक हो र यो जापानको लागि एक गम्भीर खतरा हुनसक्ने छ ।

उहाँले जापानको शान्ति र सुरक्षा सुनिश्चित गर्नका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासंग जापानको आत्मरक्षा बल र रक्षा मन्त्रालयले जानकारी संकलन गर्ने पनि बताउनुभएको छ ।

उत्तर कोरियाले आइतबार देशको पश्चिमोत्तर भागबाट सो बैलिस्टिक मिसायल प्रक्षेपण गरेकको थियो । सो मिसायल पश्चिमोत्तरी प्रान्त प्योनआन पुक्दोस्थित कुसोन नजिक स्थानीय समयानुसार विहान करीब साढ़े ६ बजे पूर्व दिशातिर प्रक्षेपण गरिएको थियो । सो मिसायल ७०० किलोमीटरभन्द्या बढी दूरी तय गरेपछि जापान सागरमा खसेको थियो ।

– आदर्श देवकोटा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More