उत्तर कोरियापछि इरानले गर्यो क्षेप्यास्त्र परिक्षण

23 September, 2017 18:31 | विश्व समाचार | comments | 9900 Views

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवज्ञा गर्दै इरानले मध्यम क्षमताको क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको छ ।

२ हजार किमि दुरी क्षमताको खोरमसाहर नामक क्षेप्यास्त्रको उडान प्रान्तीय टिभीमा प्रसारण गरिएको थियो तर परिक्षण कहिले गरिएको थियो भन्ने प्रष्ट भइसकेको छैन ।

मंगलबार ट्रम्पले इरानको क्षेपयास्त्र कार्यक्रम र २०१५ को आणविक सम्झौताको आलोचना गरेका थिए । शुक्रबार इरानका राष्ट्रपति हसन रोउहानीले आफ्नो सैनिक सुदृढिबरण गर्ने धारणा अघि सारेका थिए । तेहरानमा पहिलोपटक देखिएको क्षेप्यास्त्रमा धेरै युद्घपोतहरु बोक्न सक्ने क्षमता रहेको छ ।

जनवरीमा क्षेप्यास्त्र परिक्षणपछि इरान र विश्वका ६ शक्तिशाली देशहरुसंगको सम्झौता उल्लंघन भएको भन्दै अमेरिकाले इरानमाथि नाकाबन्धि लगाउने निर्णय गरेको थियो ।

किन गर्दैन जापान उत्तर कोरियाको क्षेप्यास्त्रको विनाश ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More