उत्तर कोरियामाथिको प्रतिबन्ध जारी राख्ने सहमति

9 August, 2018 18:59 | जापान | comments | 9000 Views

जापान र संयुक्त राष्ट्रसंघ उत्तर कोरियामाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध जारी राख्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री शिन्जो आबे र जापान संयुक्त राष्ट्रसंघका महासचिब एंटोनियो गुतेरेसले सो सहमति गरेका हुन् ।

adsads

गुतेरेस र आबेबीच बुधबार बिहान टोकियोमा भएको भेटवार्तामा सो सहमति भएको हो । गुतेरेस बिहिबारको दक्षिण पश्चिमी जापानको नागासाकीमा अमेरिकी एटम बम हमलाको ७३ औ वार्षिकोत्सवमा शहरमा हुने स्मृति सभामा भाग लिने छन् ।

आबेले गुतेरेससंग भने उनि यस सभामा भाग लिने पहिलो संयुक्त राष्ट्रसंघका महासचिव भएकाले उनको उपस्थितिको लागि धन्यबाद ज्ञापन गरेका छन् ।

गुतेरेसले भने दुई एटम बम हमलापछि जापानको नागरिकहरुद्वारा देखिएको सहन शक्ति र शान्तिको लागि उनीहरुको संदेश निक्कै महत्त्वपूर्ण रहेको बताए ।

आबे र गुतेरेसले उत्तर कोरियाको मुद्धामा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा आधारित प्रतिबन्ध चालु राख्नपर्ने कुरामा साझा धारणा राखेका छन् । छलफलका क्रममा उत्तरद्वारा अपहरित जापानिज नागरिकको मुद्धा पनि चाँडोभन्दा चाडो समाधान हुनपर्ने पनि बताए ।

अत्यधिक विदेशी कामदार ल्याउने प्रधानमन्त्री आबेको योजना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More