उत्तर कोरियामाथी अत्यधिक दवाब राख्न जापान र दक्षिण कोरिया सहमत

13 March, 2018 15:43 | जापान | comments | 85050 Views


उत्तर कोरियाले आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रमबारे ठोस कदम नलिएसम्म उत्तरमाथी उच्च दवाब कायम राख्नुपर्नेमा जापान र दक्षिण कोरिया सोमबार सहमत भएको जापानी विदेश मन्त्रीले बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय इन्टेलिजेन्स प्रमुख सु हुन संगको कुराकानीपछि जापानी विदेशमन्त्री तारो कोनोले उक्त विषयमा सहमत भएको बताएका हुन् ।

adsads
कस्तो खालको ठोस कदम भन्नेबारे भने कोनोले विस्तृत रुपमा बताएनन् । उत्तर कोरियासंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनाको अन्त्यतिर वार्ता गर्ने कार्यक्रम रहेको छ भने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले पनि उत्तरसंग अप्रिलको अन्त्यतिर वार्ता गर्ने कार्यक्रम रहेको छ ।

आवश्यक परेमा अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सीलाई आर्थिक सहयोग सर्नसमेत जापान तयार रहेको कोनोले बताए । विगतमा उत्तर कोरियाले अपहरण गरेका जापानी नागरिकको बारेमा पनि अमेरिका र दक्षिण कोरियासंको सहकार्यमा समस्या समाधानका लागि कार्य गर्ने उनले बताए ।

उत्तर कोरियाको आणविक हतियारको अनुगमन गर्न जापानले ३० करोड येन प्रदान गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More