उनी काममा गाडीमा हैन नदीमा पौडी खेल्दै पुग्छन्

1 August, 2017 18:19 | बिचित्र | comments | 26700 Views

ठुल्ठुला सहरमा प्राय भईरहने ट्राफिक जामका कारण मानिसहरु समयमै आफ्नो गन्तव्मा पुग्न सक्दैनन् जसले गर्दा उनीहरुले दैनिक जीवनमा अनेकौँ समस्याहरुको सामना गर्नु पर्छ ।

यस्तै समस्याबाट वाक्क भएका जर्मनीका बेन्जामिन डेभिडले अनौठो विकल्पको प्रयोग गर्दै आएका छन् । उनी आजकल आफ्नो ल्यापटप , कपडा र जुत्ता पानिले नभिज्ने झोलामा बोकेर जर्मनीको म्युनिक शहर नजिकै रहेको ईसार नदी २ कि.मि तरेर काममा जान्छन् ।

मौसमको अवस्था अनुसार उनी पौडने कपडा प्रयोग गर्छन् भने नदीमा हुनसक्ने सिसा तथा अन्य समस्याबाट आफ्नो खुट्टालाई बचाउन रबरको स्यान्डल प्रयोग गर्छन् ।

उनको यात्रा गर्ने शैली पुलमा बसेका मानिसहरुका लागि एउटा हास्यास्पद कुरा हुन पुग्छ तर उनी भन्छन् ट्राफिकमा अल्झिनुभन्दा यो तरिका छिटो र रमाईलो छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More