सहयोग सहयोग

  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग
  • सहयोग

उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

16 May, 2018 13:16 | प्रबास | comments | 59550 Views

सहयोग

इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् ।

सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो ।

adsads
सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु तीन लाख १० हजार सहयोग गरेको छ ।

सो रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रमबीच बिरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश बराल र युद्धप्रसाद वैद्यले हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, इलाम नगरपालिका–५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सोही अवसरमा नगद रु ६२ हजार रकम उपलब्ध गराइएको छ । सो रकमसमेत संस्थापक अध्यक्ष खनालसहित इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, इलाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नुतनदेव दुलालले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा सेवा समाजले सन्दकपुर गाउँपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद रु ३० हजार हस्तान्तरण गरेको छ । सो रकमसमेत सेवा समाजका संस्थापक अध्यक्ष खनालसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु र महासंघका १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेलीले हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा ऋतिककै परिवारलाई सञ्चारकर्मी नरेन इलामेलीले संकलन गरेको रु १३ हजार ८५० समेत हस्तान्तरण गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सहयोग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More