उपत्यकामा साउन एक गतेदेखि दिउँसो ट्रिपर चलाउन निषेध

11 July, 2018 23:07 | जन सरोकार | comments | 21150 Views

राजधानी उपत्यकाको सडकमा कालकै रुपमा चलिरहेको ट्रिपर अब निश्चित समयमा मात्र चलाउन पाइने छ । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाइने भएको छ ।

adsads

ट्रिपरका कारण दैनिकजसो सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले दिएको जानकारी अनुार साउन १ गतेदेखि लागू हुने गरी गृहले अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुने निर्देशन दिएको छ ।

त्यसो त ट्रिपरलाई राति ७ बजेदेखि विहान ५ बजेसम्म कि ७ बजेसम्म चलाउन दिने भन्ने चाहिं निक्र्योल भैसकेको छैन । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

ट्रिपर र बस जुध्दा २६ यात्रु घाइते

ट्रिपरले लियो २ को ज्यान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More