उपाध्यक्ष उम्मेदवार पौडेल र सचिव उम्मेदवार शाहीको उम्मेदवारी विधान सम्मत, अन्तिम नामावली सोमबार मात्र आउने

13 August, 2017 00:05 | जापान , मुख्य समाचार | comments | 28350 Views

गैरआवासीय नेपाली संघ एनआरएनए जापनाको नयाँ नेतृत्व चयनसंगै उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु विधान सम्मत भएको जनाएको छ।

एनआरएनए जापान निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार उपाध्यक्ष र सचिव पदका उम्मेदवार माथी भएको दावी विरोधमा दुवैको उम्मेदवारी विधानसम्मत भएको जानकारी दिनु भयो।

एक विज्ञप्ती मार्फत निर्वाचन समिति संयोजक गुरुङले उपाध्यक्ष उम्मेदवार शिव पौडेल र सचिव उम्मेदवार जनक विक्रम शाही माथी लागेको आरोपमा निर्वाचन समितिले छानविन गर्दा विधानसम्मत देखिएको जनाएका छन।

उम्मेदवार अन्तिम नामावली सोमबारमात्र सावैजानिक गरिने

यसैगरि निर्वाचन समितिका संयोजक गुरुङले उम्मेदवारी दिनु भएकाहरुको दावी विरोध फैसलासंगै सोमबार मात्र अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ।

यसैबीच संयोजक गुरुङले यस पटक अनलाईन भोटिङ मार्फत निर्वाचन सम्पन्न हुने भएकाले एनआरएनए जापानको सदस्यता लिएर पनि पासवर्डमा कुनै समस्या भएको खण्डमा एनआरएनए जापानको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More