उमेर हद मुनीका सामाजिक सन्जाल प्रयोगकर्ताको संख्या बढ्दै : अफकम

30 November, 2017 17:26 | सूचना/प्रविधि | comments | 96900 Views

प्राय सबैजसो सामाजिक सन्जाल प्रयोग गर्नका लागि न्युनतम उमेर १३ वर्ष तोकिएको भएपनि ११ र १२ वर्ष उमेरका करिब ५० प्रतिशत बच्चाहरुको सामाजिक सन्जाल प्रोफाइल रहेको अफकम को एक अध्ययनले जनाएको छ ।

बालबालिका सम्बन्धि कार्य गर्ने एनएसपिसीसीले उमेरहदभन्दा मुनीका बच्चाहरुको प्रोफाइलको बारेमा पहल गर्न सरकारसंग अपिल गरेको छ । द मिडिया वाचडगले पनि बच्चाहरुले प्राय सबै समाचार सामाजिक सन्जालबाट प्राप्त गर्नेगरेको तर धेरैजसो गलत समाचारको बारेमा सचेत रहेको बताएको छ । यस्ता सन्जालबाट सम्प्रेषण गरिने सुचना सत्य हुनेमा मात्र ३२ प्रतिशतले विश्वास गर्ने गरेको पाइएको छ ।

अफकमको बालबालिका र अभिभावकको मिडियाको प्रयोगको मनोवृत्ति प्रतिवेदनमा ११ वर्ष उमेरका ४६ प्रतिशत , १२ वर्ष उमेरका ५१ प्रतिशत र १० वर्ष उमेरका २८ प्रतिशतले सामाजिक सन्जाल चलाउने गरेको पाइएको छ । उमेरहदको बारेमा अभिभावकको सचेतना पनि न्युन रहेको पाइएको छ , इन्सटाग्राम र स्न्याच्याट प्रयोग गर्ने बच्चाहरुका १० मध्ये ८ जना अभिभावकहरु उमेरहदको बारेमा अनभिज्ञ रहेको पाइएको छ ।

१० मध्ये चारजनाले आफ्ना बच्चाहरु आवश्यक उमेर हद पार नगरेपनि सामाजिक सन्जान प्रयोग गर्न दिने बताएका छन् । सामाजिक सन्जालहरुले उनीहरुको सुविधा प्रयोग गर्ने १३ वर्षमुनीका बच्चाहरुको हकमा आखा चिम्लिनेगरेको एनएसपिसीसीले बताएको छ ।इन्सटाग्रामको समेत मालिक रहेको फेसबुकका प्रवक्ताले उसले उमेरहदको प्रतिबन्ध कायम गरिकेको बताएका छन् । प्रयोगकर्ता १३ वर्षभन्दा कम उमेरको भएको तथा उनीहरुले वास्तविक उमेर लुकाएको थाहा पाउनासाथ उसको एकाउन्ट बन्द गर्ने गरेको उनले बताइन् ।

गलत समाचारप्रतिको सचेतना

प्रतिवेदनले १२ वर्ष देखि १५ वर्ष उमेरका बालबालिका तुलनात्मक रुपमा समाचारका अत्याधुनिक उपभोक्ता हुने गरेको सुझाव दिएको छ । टेलिभिजन ( ६२ प्रतिशत ) पछिको दोस्रो लोकप्रिय सन्चार माध्यमको रुपमा रहेको फेसबुक , स्न्याप च्याट र ट्वीटर ५४ प्रतिशतले प्रयोग गर्ने गरेको बताएका छन् ।

करिब ७३ प्रतिशत प्रयोगकर्ता यस्ता गलत समाचारप्रति सचेत भएको र १० मध्ये चारले आफुले यस्ता कथाहरु देखेको बताए । सचेतमध्येका ८६ प्रतिशतले आफुहरु समाचारको सत्यतथ्य पत्ता लगाउने प्रयास गर्ने बताए । २०१४ को तथ्यांक अनुसार ६९ प्रतिशत सामाजिक सन्जाल प्रयोगकर्तामध्ये ६६ प्रतिशतले फेसबुक प्रयोग गर्ने गरेको र अहिले यो आँकडा घटेर ४० प्रतिशत पुगेको छ । त्यस्तै १२ देखि १५ वर्ष उमेरका बालबालिकाहरुले गीतसंगीत तथा प्य्रांक र तुनौति देखाउने भिडियोका लागि युट्युब प्रयोग गर्ने पाइएको छ ।

फेसबुकमा गलत समाचार राख्न प्रतिबन्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!