उम्मेदवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरिन्छ : प्रधानमन्त्री

14 November, 2017 18:12 | राजनीति | comments | 5700 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भैरहेको बम आक्रमणका दोषीलाई कडा कारबाही गरिने बताउनुभएको छ ।

मंगलबार आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र डलेलधुरा लगायतका पश्चिम नेपालका विभिन्न जिल्लामा चुनावी कार्यक्रममा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा प्रधानन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीलाई कडा कारवाही हुने बताउनुभएको हो ।

ठाउँठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा हेरिरहेको भन्दै प्रधानमन्त्री देउवाले ती घटनामा संलग्नलाई कारबाही हुने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालगन्जमा मंगलबार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाई समेत सम्बोधन गर्नुभएको छ ।

कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाको निर्देशन थियो, ‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापलाई तुरन्त रोक्नुहोस् र कारबाही गर्नुहोस् ।

वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिः प्रधानमन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More