उम्मेदवार चिनाउन ‘इलेक्सन क्विज’ निर्वाचन आयोग

3 December, 2017 23:35 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 104850 Views

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत युवा पुस्तालाई निर्वाचनमा सहभागि गराउने तथा रुची बढाउने उद्देश्यले इलेक्सन क्विज सञ्चालन गरेको स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले आइतबार आयोजना गरेको पत्रकार भेटघाटपछि जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्व बारेमा जानकारी गराउने उद्देश्यले गरिएको क्विजका सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

“हाजिरी जवाफ प्रतियोगिता सात भागमा विभाजन रहेको र सबै भागमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवं शीर्ष नेता तथा अन्य उमेदवारहरूको नाम उल्लेख छ,” विज्ञप्तिमा उल्लेख छ, “एउटै भागमा सबै उमेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उमेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नामहरू समावेश भएको हो ।”

पत्रकार भेटघाटमा समेत मतदाता शिक्षा प्रमुख तथा आयुक्त इला शर्माले आयोगले कुनै दलको पक्षमा नभई युवालाई आफ्ना उमेदवारबारे जानकारी गराउने उद्देश्यले सो क्विज सञ्जालन गरेको बताइन् ।

“उमेदवारको बारेमा युवा पुस्तालाई थाहा छ कि छैन भनेर सोध्दा कसरी कुनै दलको प्रचार हुन्छ ?” उनले भनिन्, “यसमा आपत्ति जनाउनुपर्ने के छ ?”

आयुक्त शर्माका अनुसार हाजिरी जवाफमा पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उमेदवारी कहाँ–कहाँ छ भनेर प्रश्न समावेश भएको छ ।

उनले भनिन्, “दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवालका बारेमा प्रश्न समावेश छ । यसैगरी, तेस्रो भागमा उमेदवारहरु गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उमेदवारी बारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश रहेको छ ।”

त्यस्तै, रेकर्ड भइसकेका भागहरु पाँचौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र बाबुराम भट्टराई तथा छैटौं भागमा पशुपति शमशेर राणा, लालबाबु पण्डित र अग्निप्रसाद सापकोटा र भाग सातमा केपी शर्मा ओली, विजयकुमार गच्छदार र ईश्वर पोखरेलको उमेदवारी सम्बन्धमा प्रश्न समावेश गरिएका छन् ।

आयोगले निर्वाचन आयोग स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको जनाएको छ ।

आयोगले तयार पारेको सो क्विज बारे एमालेले आपत्ति जनाउँदै आयोगले सार्वजनिक रुपमा माफि माग्नुपर्ने वा आयुक्तलाई कारबाही गर्न माग गरेको थियो ।

यो पनि पढ्नुहोस्

सरकारसंग स्पष्टिकरण सोध्ने तयारीमा निर्वाचन आयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More