उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छः नेता रायमाझी

19 January, 2018 10:21 | राजनीति | comments | 85200 Views

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले ठोस योजना तर्जुमा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)को केन्द्रीय भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो– “मुलुकको ऊर्जा व्यवस्थापन सरकारको पहिलो प्राथमिकतामा परेन भने प्राधिकरण एक्लैले अहिलेको ऊर्जा संकट हटाउन सकिदैन् ।”

संगठनका केन्द्रीय अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न भेलामा प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज र संगठनका नेताहरु देवकुमार श्रेष्ठ, सुरेन्द्रबहादुर पाण्डे, शंकरनारायण बाराकोटीलगायतका वक्ताले प्राधिकरणको संरचना समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

भेलामा जलस्रोत तथा ऊर्जा नीति, टे«ेड युनियन र समाजवाद, संघीय संरचनामा प्राधिकरण तथा नेपालको ऊर्जाको वर्तमान अवस्था र भावी सम्भावनाका विषयमा प्रशिक्षण दिनुका साथै संगठनको नयाँ नीति तथा कार्यक्रम, संघीय संरचनाअनुरुप प्राधिकरणको विस्तार र केन्द्रीय समिति सदस्यमा मनोनयनका विषयमा छलफल हुने संगठनका महासचिव माधव अधिकारीले जानकारी दिनु्भयो । भोलिसम्म चल्ने भेलामा संगठनसँग आबद्ध मुलुकभरिका ४३० जना प्रतिनिधिको सहभागिता छ ।

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!