Sunday 30, April 2017
नेपाली समय: 07:12:46
जापानी समय: 10:27:46

एकदिन रित्तिनेछ जापान

18 March, 2017

एकदिन रित्तिनेछ जापान

के जापानमा प्रजनन् संकटले भयावह रुप लिइरहेको छ ? के एकदिन जापान रित्तिनेछ ?

जापानको तोहोकु विश्वविद्यायलका शोधकर्ताले जापानीमा यौन चाहना सकिँदैं गएको सन्दर्भमा अध्ययन गर्दै जापानमा मानिस रित्तिएर प्रलय आउने निष्कर्ष निकालेका छन् ।

शोधका अनुसार जापानमा वर्तमानमा प्रजनन संकटको अवस्था यस्तो रहेको छ कि सन ३७६६ को अगष्ट १६ तारिखमा जापानमा केवल यएटा मात्र मान्छे बाँकी रहनेछ ।

यो अनुमान देशमा घट्दो क्रममा रहेको प्रजनन दर र वृद्धवृद्धाहरुको जनसंख्यामा आधारित रहेर शोधकर्ताले गरेका हुन् । त्यस्तै ब्रिटेनमा समेत १९२० को दशकपछि मानिसको प्रजननदरमा ह्रास आएको छ । तर जापानमा स्थिति अझै बढी भयावह छ ।

जापानकाे परिवार नियोजन संघको अनुसन्धानमा १६ देखि २४ वर्ष उमेरसमूहका जापानी महिलालाई यौनसम्बन्धमा चासो नरहेको खुलेको छ । महिला मात्र नभई जापानका  एक तिहाई भन्दा धेरै  पुरुषको धारणा पनि उस्तै रहेकाे  छ ।

तोहोकु विश्वविद्यालयका शोधकर्ताहरुले जापानको अहिलेको अवस्था गम्भीर रहेको बताएका छन् । शोधकर्ताले जापानले यस्तो अवस्थाको पनि सामना गर्नेछ, जहाँ जापानले नै एक्लो महसुस गर्नेछ र अन्त्यमा जापानमा केवल एक व्यक्ति रहनेछ । जापानमा यस्तो अवस्था सृजना हुनुमा जापानीहरु कामलाई धेरै प्राथमिकता दिनुलाई बताइन्छ ।

औसतमा एक जापानी पुरुषले सातामा ८० घण्टा काम गर्छ । जापानी महिलालाई पनि गृहस्थी र काममध्ये कामलाई प्राथमिकता दिन्छन् । त्योबाहेक बाँकी समय उनीहरु इन्टरनेटमा खर्चन्छन् ।

सेक्स डलका कारण विवाह गर्ने जापानी पुरुषहरुमा कमी

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo