एकल महिलाद्वारा प्रहरी चौकीलाई रु २२ लाखको जग्गा
जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गर्नुभएको छ ।
कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा जग्गादान गर्नुभएको हो ।
नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्गमिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला छोरा मच्छिन्द्रप्रसाद उपाध्यायले बताउनुभयो ।
देवीकन्याले छोरा पृथ्वीनारायण, मच्छिन्द्र र धनन्जय उपाध्यायसहितको सहमतिमा जग्गा उपलब्ध गराएको बताउनुभएको छ । छोरा मच्छिन्द्रले बुबाको सम्झना इतिहासका थुप्रै कालखण्डमा रहिरहोस् भनेर बिनास्वार्थ आफूहरुले जग्गादान गरेको यद्यपि स्मृतिस्वरुप सानो सालिक निर्माण गर्न जिल्ला प्रहरी कार्यालय, जुम्लालाई अनुरोध गरिएको पनि बताउनुभयो ।
लामो समयदेखि भाडाको भरमा काम गर्दै आएको गुठिज्यूला स्थायी प्रहरी चौकीलाई उपाध्याय परिवारले ६४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।
उपाध्याय परिवारप्रति कृतज्ञता प्रकट गर्दै प्रनाउ दाहालले भन्नुभयो, “उपाध्याय परिवारले दिल खोलेर करिब रु २२ लाखको जग्गा चौकीलाई निःशुल्क प्रदान गरेको छ, यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।
आफ्नै भवन नहुँदा विभिन्न सास्ती खेप्दै आएको राजमार्ग छेउको यो प्रहरी चौकीको लागि अब भने आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको उहाँले बताउनुभयो । उपाध्याय परिवारको यो सहयोगको उच्च कदर गरिने उहाँको भनाइ छ ।
दर्जनभन्दा बढी प्रहरी चौकी भाडाकै घरमा
इलाका प्रहरी कार्यालय, हाडसिंजा, जुम्लासहित यहाँका १४ वटा प्रहरी चौकी भाडाकै भरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
विभिन्न झञ्झटबाट मुक्त हुन अहिले आफ्नै जग्गाका लागि जिप्रका जुम्लाले अभियान थालेको छ । १४ प्रहरी चौकीमध्ये कनकासुन्दरी–५ स्थित गुठिज्यूला प्रहरी चौकीले भवन बनाउने अवसर मिलेको बताएको छ ।
प्रहरी नायब उपरीक्षक डा दाहालका अनुसार गुठीचौर गाउँपालिकाको मणिसाँघु र तातोपानी गाउँपालिकाको ताम्ती प्रहरी चौकीका लागि जग्गाको पहल भइरहेको छ । हाल निःशुल्क जग्गा प्राप्त गरेको गुठिज्यूला प्रहरी चौकी सिंजाको सिरान र रारातालको बेसक्याम्पका रुपमा मानिन्छ ।
हतियारसहित आएका एसएसवीद्वारा गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा अवरोध
तपाईंको प्रतिकृया
ताजा समाचार
- १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
- ४ करोड लिएर भागेका लेखा अधिकृत पक्राउ
- ड्रग बेच्ने गिरोहका नाइके पक्राउ
- डा. देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद
- पेस्तोल र लागू औषधसहित भारतीय पक्राउ
- सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउने काम रोक्न सर्वोच्चको आदेश
- एक महिनामा तीन दर्जन बलात्कृत
- आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि
- भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी
- शिक्षा मन्त्रीबाट ‘सेक्सी योगा’ जाँदा सरकारी गाडीको प्रयोग
- भूकम्पमा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण
- काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस
- खरबुजा बजार लैजाने तयारी
- चुरेमा लागेको आगो नियन्त्रण
- सम्पदाको पुनर्निर्माण सुस्त गतिमा
- किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
- ‘एनआरएनए युएसए हेल्प डेस्क’ का लागि कोष स्थापनाको माग
- भारत र चीनले नेपाललाई छाडेर गर्ने विकास अपूर्ण हुन्छ : दाहाल
- पाटन उच्च अदालतद्वारा एन्फा विरुद्धको अन्तरिम आदेश खारेज
- बार्सिलोनामा दर्शकले भुइँमै बसेर हेरे चलचित्र ‘शत्रु गते’
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


