‘एकल साँझ’मा प्रस्तुत हुँदै स्वरुपराज आचार्य

13 September, 2017 20:30 | कला/मनोरन्जन | comments | 3450 Views

 

लोकप्रिय गायक स्वरुपराज आचार्य ‘एकल साँझ’मा प्रस्तुत हुँदैछन् ।

उनी बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा ३० भदौ अर्थात शुक्रबार एकल साँझमा प्रस्तुत हुन् लागेका छन् । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामक उक्त कार्यक्रममा उनले ‘बल गरेर त्यो मन यता’, ‘तिमी कसको’, ‘तिमी जहाँ त्यहाँ म हुन नपाउँदा’ लगायतका लोकप्रिय डेढ दर्जन गीतहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा उनले पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीत पनि सुनाउनेछन् । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ का लागि टिकट दर २५०० राखिएको बताइएको छ ।

गायक स्वरुपराज आचार्यको नयाँ गीतको म्युजिक भिडियो दुबईमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More