एकसय १६ वटा संचारमाध्यमबाट आचारसंहिता उल्लंघन

6 December, 2017 23:55 | जन सरोकार | comments | 13800 Views

प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।

काउन्सिलले निर्वाचन विशेष अनुगमन गरेको उल्लेख गर्दै मतदानको सम्पूर्ण आधिकारिक परिणाम सार्वजनिक नभएसम्म चलिरहने काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

मतदान प्रक्रिया पूरा भई निर्वाचनका आधिकारिक परिणाम सार्वजनिक नहुँदासम्म स्वच्छ, सन्तुलित एवं निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्नुु पत्रकार र आमसञ्चारमाध्यमको सामाजिक एवं राष्ट्रिय उत्तरदायित्व भएको काउन्सिलले स्पष्ट गरेको छ ।

गत कात्तिक २६ गतेदेखि यही मंसिर १९ गतेसम्म पहिलो र दोस्रो चरणको मौन अवधि र मौन अवधिअघिको समयमा आचारसंहिता पालना नगर्ने आमसञ्चारमाध्यमको संख्या दोहोरिएको हुँदा बढी (१५१ वटा) देखिए तापनि कूल ११६ वटा आमसञ्चारमाध्यममा ३०० वटा सामग्री आचारसंहिताविपरीत पाइएका छन् ।

आचारसंहिता पालना नगर्ने ती आम सञ्चारमाध्यमलाई ध्यानाकर्षण, सचेत, निर्देशन तथा स्पष्टीकरण मागसहित आचारसंहिता पालनामा सजग रहन पत्राचार गरिसकिएको थियो ।

५४ सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More