एकाएक किन दिल्ली पुगे मातृका? सुष्मा स्वराजसँग भेट

20 March, 2018 16:29 | राजनीति | comments | 31200 Views

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव आज अकस्मात भारत भ्रमणमा गएका छन् ।  भारतको वाणिज्य मन्त्रालयको निमन्त्रणामा मन्त्री यादव विश्व व्यापार संगठनको अनौपचारिक बैठकमा भाग लिन भारतको नयाँ दिल्ली गएको बताइएको छ। 

उनले आजै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग  भेटवार्ता गरेका  छन्।  भेटमा यादवले दुई देशबीच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिएको बताइएको छ।

जवाफमा  भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाइन्।  त्यसअघि मन्त्री यादव र  भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबीच   द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो ।
उनीहरुबीच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यूट्युब च्यानल सञ्चालन गर्यो उद्योग वाणिज्य संघ सुर्खेतले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More