एकीकृत परीक्षा प्रणाली लागु गर्न निर्देशन

16 July, 2017 18:08 | जापान | comments | 5850 Views

जापानको शिक्षा, संस्कृति, खेल, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बिहिबार आर्थिक वर्ष २०२० देखि जापानको विश्वविद्यालयमा प्रवेशको लागि नयाँ एकीकृत परीक्षा प्रणाली लागु गर्न निर्देशन दिएको छ ।

निर्देशन अनुसार जापानी भाषा र गणित परीक्षणको लागि विद्यार्थीलाई खुल्ला प्रश्नपत्रका आधारमा परीक्षा लिइने छ भने अंग्रेजीको विषयका लागि लेखाइ, सुनुवाई र बोल्ने कौशलताको मूल्याङ्कन गरिनेछ ।

सरकार आबद्ध राष्ट्रिय केन्द्रद्वारा लिइने अंग्रेजी विश्वविद्यालय प्रवेश परीक्षा भने आर्थिक बर्ष २०२३ बाट मात्र चल्ने छ ।

विद्यार्थीले यस्तो अंग्रेजी परीक्षा उच्चमाध्यमिक विद्यालयको तेस्रो वर्षको अप्रिल र डिसेम्बरको बीचमा दुर्इ पटकसम्म दिन पाउने छन् ।

– आदर्श देवकोटा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More