एकेडेमीलाई सहारा हङ्कङद्वारा १५ लाख सहयोग

3 December, 2017 17:28 | प्रबास | comments | 32100 Views

सहारा एकेडमी

खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ ।

‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि रु पाँच लाख सहयोग गरिएको हो ।

क्लबद्वारा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले यहाँ आज(आइतबार) आयोजित पत्रकार सम्मेलनमा सहारा हङ्कङका महासचिव विलबहादुर तामाङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार सुरज श्रेष्ठले प्राप्त गरेको रु १५ हजार ५५५ राशिमा आफ्नोतर्पmबाट रु चार हजार ४४५ थप गरी रु २० हजार सहारा एकेडेमीको सहयोगार्थ हस्तान्तरण गर्नुभयो ।

क्लबले सहारा एकेडेमीको निरन्तरताका लागि रु पाँच करोड पुर्याउने उद्देश्यका साथ सञ्चालन गरेको अक्षयकोषमा हालसम्म रु एक करोड ३५ लाख संकलन भइसकेको क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।

सो एकेडेमीमा हाल मुलुकका १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालक रहेको बताउँदे उहाँ भन्नुहुन्छ, “आवासीयरुपमा क्लबद्वारा सञ्चालित एकेडेमीमा बालकको शिक्षा, स्वास्थ्यसँगै फुटबलको समेत प्रशिक्षणमा मासिक रु तीन लाख खर्च आउने गरेको छ ।”

सहारा साँझको लागि हंगकंग गएको टोली फर्कियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ओम विष्ट

फेसबुक

ओम विष्ट

ट्वीटर

सामाजिक सञ्जाल

More