एकै दिन एक सय ८३ मतदाता थपिए
निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् ।
साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो । कार्यालयमा फोटो खिचाउन आउनु भएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गर्नुभयो ।
विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उहाँले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताउनुभयो । पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ ।
भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताउनुभयो । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- अपिनाम्पामा पर्यटक आगमनमा कमी
- टाटा सुमोको ठक्करबाट एकको मृत्यु
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
- सिण्डिकेट बिरुद्ध सरकारको अर्को कदम- बन्दहडताल गर्न नपाइने
- राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल नियुक्त
- केपी ओली निरंकुश बने: कोइराला
- लोकतन्त्र- सपना बेच्ने, सपनामै रमाउने र भ्रम छर्ने दन्त्यकथा होइन
- कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने : परीक्षा बोर्ड
- मनमा संगीतको ढुकढुकी : नेपाली ताराले बनायो स्थापित
- बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन
- फरार अभियुक्त १९ वर्षपछि पक्राउ
- ओलम्पिक तयारीबारे प्रश्न र आलोचनाको लागि जापान तयार हुनुपर्ने आइओसीको भनाइ
- भागवण्डाको चक्कर- ३१ मन्त्रालय हुँदा १२, २१ मा झर्दा १६ संसदीय समिति
- शिक्षा अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


