एक महिना एनालगबाटै टिभी प्रसारण गर्न दिने मन्त्रालयको निर्णय

18 November, 2017 00:30 | जन सरोकार | comments | 19650 Views

सूचना तथा सञ्‍चार मन्त्रालयले नेपालीसहित ३५ वटा च्‍यानललाई मंसिर मसान्तसम्‍म केबलबाटै प्रसारण गर्न दिने निर्णय गरेको छ । देशमा मंसिर १० र २१ गते हुन् गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्‍य नजर गर्दै मन्त्रालयले सो निर्णय गरेको हो ।

शुक्रबार मन्त्रालयका प्रवक्ता प्रेम कुमार श्रेष्ठद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, ‘देशमा निकट भविष्‍यमा हुन् गइरहेको आसन्‍न निर्वाचनमा मतदाता शिक्षा प्रसारण भइरहेकाले एनालग टिभी प्रसारण प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने विस्तृत कार्यतालिका केवल टिभी प्रदायक संघ, महासंघबाट आगामी सात दिन भित्र मन्त्रालयमा पेश गर्ने र सो सम्बन्धमा नेपाल सरकारबाट अन्तिम निर्णय लिएपछि सोही बमोजिम हुने गरी हाल आसन्‍न निर्वाचनलाई मध्‍य नजर गर्दै अल्पकालको लागि आगामी मंसिर मसान्त २०७४ सम्‍मका लागि अधिकतम ३५ वटा च्‍यानललाई एनालग प्रणालीमा प्रसारण गर्न सकिने निर्णय गरियो ।’

यो पनि पढ्नुहोस्

संसारकै पहिलो ब्याट्री बिनाको मोबाइल सेट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More