एनआरएनएको समिक्षा तथा योजना तर्जुमा गोष्ठी

16 November, 2017 19:59 | एन आर एन न्युज | comments | 41400 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा तथा भावी योजनाहरुका बारेमा समिक्षा तथा योजना तर्जुमा सम्बन्धी पदाधिकारीहरुको कार्याशाला गोष्ठी जारी छ ।

संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी २ वर्ष गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न आयोजित बैठक मंगलबारबाट सुरु भएको थियो ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको भवनमा संघको निर्माणाधीन भवन, एनआरएन शंखमुल गार्डेन र लाप्राक नमूना वस्ती परियोजनाका बारेमा समीक्षा गरिएको थियो । यस अन्तर्गत ती परियोजनाहरुका कार्य प्रगति बारे ठेकेदार र परामर्श दाताबाट जानकारी लिइएको थियो ।

यसै सिलशिलामा बिहिबार दोश्रो दिन १६ नोभेम्वरमा काभ्रे जिल्लाको धुलिखेल माउण्टेन रिर्सोटमा भएको बैठकको पहिलो सत्रमा संघका सदस्यता परिचयपत्र, सूचना प्रणालीको डेटाबेस र विगतका समितिहरु, उपसमितिहरु र कार्यदलका कार्यहरु लगायतका संस्थागत र आन्तरिक विषयहरुमा छलफल भएको छ ।

त्यस्तै दोश्रो शत्र र भोलि शुक्रबार संस्थाका नयाँ परियोजना तथा कार्यक्रमहरु तय गर्दै संचालन कार्ययोजना निर्माण गरेर बैठक समापन हुनेछ । तीन दिनसम्म गरिएका छलफल तथा निर्णयको जानकारी दिन नोभेम्बर १७ मा नेपाल पत्रकार महासंघको सभाकक्षमा दिउँसो ४ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिने छ ।

एनआरएनएको अध्यक्षमा भवन भट्टको सानदार जीत (मत परिणाम सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More