एनआरएनएमा त्रिपक्षीय भीडन्त, जमुना गुरुङद्वारा अध्यक्षमा उम्मेदवारी

12 October, 2017 16:50 | एन आर एन न्युज | comments | 10500 Views

एनआरएनएमा त्रिपक्षीय भीडन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी अध्यक्षका लागि त्रिपक्षीय भीडन्त हुने भएको छ । यसअघि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीबीच प्रतिस्पर्धा हुने देखिए पनि चुनावी मैदानमा जमुना गुरुङ पनि ओर्लनुभएको छ ।

बिहिबार काठमाडौंबाट जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यसअघि उम्मेदवारी दिने कि नदिने भन्ने द्विविधमा रहनुभएकी जमुनाले बुधबार बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि एनआरएनए अध्यक्ष तथा आफ्ना पति शेष घलेको सपना पूरा गर्नका लागि अध्यक्ष बन्नुपर्ने निष्कर्ष निकाल्नुभएको हो ।

घलेले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डको प्रस्ताव गर्नुभएको छ र त्यसको मिश्रित टिप्पणी भैरहेको छ । जमुनाले त्यसलाई कार्यान्वयनमा ल्याउन आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै व्यापक दवाव बढेपछि अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

एनआरएनएको यही असोज २८ देखि ३१ सम्म काठमाडौमा विश्व सम्मेलन हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ । विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

एनआरएनए नयाँ नेतृत्वमा पैसा, जातियता र राजनीतिको प्रभाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More