एनआरएनए अध्यक्षका लागि भवन भट्टको उमेदवारी घोषणा (भिडियो सहित)

16 September, 2017 20:12 | एन आर एन न्युज , जापान | comments | 59400 Views

आगामी १४ देखि १७ अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि भवन भट्टले उमेदवारी घोषणा गरेका छन ।


एक कार्यकाल एनआरएनए आईसीसी कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष रहेका भट्टले अध्यक्ष पदका लागि औपचारीक रुपमा शनिबार काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रमका बिच आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।

सफलता ! मेहनत र इमान्दारिताले आर्जन गर्ने हो : भबन भट्ट

एनआरएनएका लागि ताजा मुद्दाका रुपमा दोहोरो नागरिकता, नेपालमा लगानी भित्र्याउने र देश विकासमा एनआरएनएको भूमिका थप प्रभावकारी बनाइनुपर्ने आवाजबीच भट्टले आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै भट्टले गैरआवासीय नेपाली संघले अहिलेसम्म गरेका निर्णयहरु र पुरा गर्न बाँकी रहेका कार्यहरुलाई निरन्तरता दिँदै आफ्नो विस्तृत योजना छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

 

फगामी एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More