एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

14 January, 2018 19:35 | अर्थ | comments | 41400 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड ६० लाखमा नेपाल वायु सेवा निगमको बोइङ ७५७-२०० जहाज खरिद गरेका छन्।

निगमलार्इ बैना वापतको रकम बुझाइसकेका भट्टले बाँकी रकम बुधबार बुझाएर जहाज खरिद गरेका हुन्। उनले एनआरएन निर्वाचनको बेला जहाज किन्न १ करोड ५० हजार रुपैयँ बैना दिएका थिए। लामो समयसम्म भट्ट सम्पर्कमा नआएपछि निगमले ४५ दिनभित्र जहाज खरिद नगरे बैना जफत गर्ने निर्णय गरेको थियो। म्याद सकिनु भन्दा एक दिन अघि भट्टले बुधवार निगमलाई रकम चुक्ता गरेको नेपाल वायु सेवा निगमका प्रवक्त्ता रविन्द्र श्रेष्ठल जानकारी दिए।

‘रकम चुक्ता गरिसके पनि बोइङ ७५७-२०० जहाज भवन भट्टको बिबि एयरवेजमा नामसारी गर्न अझै केहि दिन लाग्ने छ।,’ नेपाल वायु सेवा निगमका प्रवक्त्ता श्रेष्ठले भने, ‘नामसारी गराउँनका लागि नेपाल नागरिक उड्यायन प्राधिकरणलाई चिट्ठी पठाउँने तयारीमा छौ।’ बीबी एयरवेजले किनेको यो जहाज दुई वर्ष देखि ग्रउण्डेड थियो। जहाजले ८६ हजार चार सय १० घण्टा उडान गरेको छ।

नेपाल विकासमा लगानी र प्रविधि सम्पन्न बनाउन एनआरएनए प्रतिवद्ध छ : अध्यक्ष भट्ट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More