एनआरएनए अमेरिकाद्वारा तीन सदस्सीय छानविन समिति गठन

12 August, 2017 14:20 | एन आर एन न्युज | comments | 12600 Views

एनआरएनए अमेरिका

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

अगस्ट १० तारिक बिहिबार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकले भविष्यमा कुनै पनि त्यस्ता प्रकारका प्राविधिक समस्या नआउने गरी इतिहास केलाएर स्पष्ट रिपोर्ट पेश गर्ने उद्देश्यले कानून व्यवसायी तथा पूर्वअध्यक्ष खगेन्द्र जिसी, सल्लाहकार डा. यादब पण्डित तथा रसायन शास्त्रका प्रोफेसर डा. रमेश पन्तसहितको समिति निर्माण गरेको हो ।

उक्त समितीले यथासक्य छिटो एनआरएनए अमेरीकाको स्थापना भएको मिती तथा स्थापनाकाल देखी हाल सम्मका कार्यसमितिका पधाधिकारी तथा सदस्यहरूको बिबरण उपलब्ध गराई बोर्डलाई बुझाउनु पर्ने छ ।

यसैगरि वैठकमा छलफल गर्दा यदि एनआरएनए अमेरिका र एनआरएनए आईसीसीको बिधानका धाराहरूमा परस्पर बाझिएका पाईएमा अब हुने साधारण सभामा उक्त समितीको रिपोर्टलाई सचिवालयमा अभिलेखको रुपमा राखिने समेत जनाईएको छ । साथै एनआरएनए आईसीसी र एनआरएनए अमेरीकाको बिधानलाई समन्वय गरी फेरि अर्को पटक पनि यस्ता विवादहरू नआउन भनी सदाका लागि विवाद रहित एनआरएनए वनाउन यो समितिको महत्वपूर्ण भूमिका रहने छ ।

उक्त वैठकको समापन एनआरएनए अमेरिका का अध्यक्ष डा केशव पौडेलले गर्नु भएको थियो भने एनआरएनए अमेरिकाका सचिव शंकर खड़काले कन्फ्रेन्सकल कार्यक्रमको संचालन गर्नु भएको थियो ।

-सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदको लागि एक्ली महिला उम्मेद्वार : रविना थापा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More