एनआरएनए अस्ट्रेलियाले वाक फर वेल्फेयर , वेल्फेयर फर वोमन आयोजना गर्दै

8 February, 2018 18:24 | एन आर एन न्युज | comments | 92400 Views


वेल्फेयर फर वोमन नाराका साथ गैर आवासिय नेपाली संघ , अस्ट्रेलियाले मानसिक स्वास्थ्य तथा घरेलु हिंसाप्रतिको सचेतना अभिबृद्धिका लागि वाक फर वेल्फेयर कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम अस्ट्रेलियाका प्रमुख शहरहरुमा आयोजना गरिने छ । उक्त कार्यक्रमबाट प्राप्त आर्थिक स्रोतको ६० प्रतिशत महिला सशक्तिकरण , घरेलु हिंसा न्युनीकरण , मनोवैज्ञानिक समस्या तथा डिप्रेसनको उपचारका लागि एनआरएनएको नारी निकुन्ज अस्ट्रेलियाको संयोजकत्वमा खर्च गरिने छ भने बाँकी ४० प्रतिशत समाज सुधार कोषमा जम्मा गरिने छ ।

उक्त कार्यक्रमको विस्तृत जानकारी निम्नानुसार रहेको छ :
सिड्नी – १० मार्च २०१८
ब्रिस्बेन – १८ मार्च २०१८
एडिलेड – २४ मार्च २०१८

क्यानबेरा , डार्विन , मेलबोर्न र पर्थको मिति भने घोषणा गरिएको छैन । विस्तृत जानकारीको लागि एनआरएनएको औपचारिक वेबसाइट www.nrn.org.au बाट प्राप्त गर्न सकिने छ ।

गैर-आवासीय नेपालीको आन्दोलनमा विचलनका बाछिटा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!