एनआरएनए एनसीसी कतारमा यसपाली ३०५१ जनाको आवेदन दर्ता

17 July, 2017 11:56 | एन आर एन न्युज | comments | 10500 Views

दिल कुमार श्रेष्ठ
एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ ।म्याद सकिएसंगै आगामी कार्यकाल १७ – १९ को पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार अहिले आवेदन दिएका आवेदकहरुको प्रमाणित कागजातहरु चेकजांच गर्ने काम भई रहेको छ । सम्पूर्ण प्रक्रिया सकिएसंगै अन्तिम नामावली प्रकासन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामांगले जानकारी दिए ।

आवेदन दिने समयको समाप्तिसंगै कतारको दोहामा अधिवेशनको माहोल तातिरहेको छ । यसैक्रममा कतारमा सामाजिक क्षेत्रमा लागेका चिर परिचित व्यक्तिहरुले विभिन्न तरिकाबाट आ-आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

फारम सुल्क पहिलेको तुलनामा आधा कम्ति भएको अवस्थामा पहिलेको हाराहारीमा पार्षद सदस्यहरुले आफ्ना सदस्यता दर्ता गराएका छन् ।शुल्क पहिलेको तुलनामा आधा झरेर निम्न बर्गीय श्रमिकहरुको लागी अनुकुलता लागी भनिए पनि खासै उत्सुकताका साथ सदस्यता लिनेको संख्या बढेको पाइएन ।

४ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको कतारका नेपालीहरुले नबुझेर हो या अनलाइन सिस्टमले कारण अहिले सोचेको अनुरुप सदस्यता वृद्धि देखिएन । यसलाई कतारमा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले कुन रुपले लिएका छन् ,त्यो भोलिका दिनले बताउने छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More