एनआरएनए एसिया प्यासिफिक सम्मेलन मलेसियामा आयोजना हुने

16 February, 2017 13:24 | एन आर एन न्युज , जापान | comments | 4 Views

एन आर एन ए गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन आगामी मार्च १८ र १९ तारिक मलेसियाको राजधानी क्वालालाम्पुरमा आयोजना हुने भएको छ।

‘समृद्ध राष्ट्र निमार्णका लागि दक्ष जनशक्ति’ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा जापान लगायत एसिया प्यासिफिक क्षेत्रका १५ बढि राष्ट्रका एनसीसीका अध्यक्ष लगायतका प्रतिनिधिहरुको सहभागिता हुने छ। करिव पाँच सय जनाभन्दा बढीको सहभगिता हुने सम्मेलनको पहिलो दिन मैत्रिपूर्ण फुटसल प्रतियोगिता तथा दोश्रो दिन सम्मेलन हुने एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले जानकारी दिनुभयो।

सम्मेलनमा नेपालको समृद्धिका लागि दक्ष जनशक्ति निमार्णमा गैरआवासीय नेपाली सहित सरोकारवालाहरुले निभाउनु पर्ने भुमिकाका वारेमा विशेष छलफल हुने छ। एसिया प्यासिफिक क्षेत्र मातहतका राष्ट्रहरुको प्रतिबेदन प्रस्तुति र सम्बोधन सहित सुरु हुने सम्मेलनमा नेपाल सरकारका परराष्ट्र मन्त्री डा  प्रकाशशरण महतको प्रमुख अतिथ्यतामा सम्पन्न हुनेछ ।

सम्मेलनमा सहभागि भई कार्यक्रमलाई सफल बनाउन एसिया प्यासिफिक संयोजक थापाले एनआरएनए अभियान्ताहरुलाई अपिल गर्नुभएको छ।

१० लाख येन पुरस्कार राशीको ‘एसिया प्यासिफिक फुटसल २०१७’ हुने

मार्च १८ र १९ तारिकमा मलेसियामा हुन लागेको एसिया प्यासिफिक सम्मेलनको पहिलो दिन ‘एसिया प्यासिफिक फुटसल २०१७’ प्रतियोगिता हुने भएको छ।

कुल १५ देशका प्रतिनिधिहरुको सहभागिता हुने सो प्रतियोगिताले आपसी भाईचारा तथा गैरआवासीय नेपालीहरु वीच सम्वन्ध अझ प्रगाढ हुने विश्वास लिएको एनआरएनए एसिया प्यासिफिक संयोजक थापाले बताउनु भयो।

प्रतियोगितामा विजेताले नगद १० लाख येन, उपविजेताले तीन लाख येन पुरस्कार पाउने छन। फुटसल प्रतियोगिता संयोजकको भूमिका एनआरएनए जापान अन्तराष्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचनले निभाउने छन।

यसैवीच सम्मेलनमा सहभागि हुन चाहने एनआरएनए जापानका पदाधिकारी सहित स्थानिय एनसीसी पदाधिकारीहरुसंग सम्पर्क राख्न अनुरोध गरिएको छ। कार्यक्रम होटल ग्राण्ड कन्टीनेन्टल क्वालालाम्पुरमा हुने छ।

पाँचबुदे घोषणापत्र जारी गर्दै एनआरएनए एसिया प्यासिफिक `वाली सम्मेलन` सम्पन्न(फाेटाे फिचर)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More