कतार कतार

  • कतार
  • कतार
  • कतार
  • कतार
  • कतार
  • कतार

एनआरएनए कतारले संघ संस्थाहरुसंगको सहकार्यमा नयाँ बर्ष २०७५ मनाउने

2 March, 2018 17:12 | एन आर एन न्युज | comments | 100950 Views

कतार बुधबल गुरुङ, दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले संघ संस्थाहरुसंगको सहकार्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रम ३० मार्चमा र नेपाली नयाँ बर्ष २०७५ पनि आयेजना गर्ने भएको छ ।

नेपाली नयाँ बर्ष २०७५ को कार्यक्रमको मिति भने संघ संस्थाहरुसंगको छलफलबाट तय गरिने भएको छ ।

adsads
त्यसै गरी एनआरएनए एनसीसी कतारले ४ मे २०१८ सम्ममा आयोजना गर्ने कार्यक्रमहरुको पनि निर्णय गरी सार्वजनिक गरेको छ । कार्यक्रमहरु संस्थाको २७ फेब्रुअरी, २०१८ मा कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको सचिवालयको ७ औं बैठकले निर्णय गरेको हो ।

त्यसै गरी एनसीसी कतारले युवा वर्गलाई लक्षीत गरी “युवा जागरुक्ता र शसक्तिकरण” विषयक गोष्ठी ०६ अप्रील २०१८ मा र श्रमिकहरुको हक हितको लागि “आप्रवासी नेपाली कामदारका चुनौति र अवसरहरु” विषयक कार्यशाला गोष्ठी ०४ मे २०१८ मा आयोजना गर्नेछ । बैठकले यस कार्यक्रमहरु सम्पन्न गर्नको लागि कार्य विभाजनहरु समेत गरेको छ ।

स्मरण रहोस, एनआरएनए एनसीसी कतारले आफ्नो २ बर्षे कार्ययोजना १९ जनवरी २०१८ मा बसेको समितिको तेश्रो पूर्ण बैठकले पारित गरिसकेको छ । कार्ययोजनामा कतारबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि र कतारमा कार्यरत साहित्यीक श्रष्टाहरुको लागि प्रत्येक २ बर्षमा एक एक जनालाई पत्रकारिता पुरस्कार र साहित्यिक पुरस्कार प्रदान गरिने ब्यवस्था पनि गरेको छ ।

एनआरएनए कतारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कतार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More