एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी लामा गुरुङ निर्वाचित

13 September, 2017 19:09 | एन आर एन न्युज | comments | 10350 Views

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको छैटौँ महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन्

सौलमा सम्पन्न महाधिवेशनबाट लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले ६ सय ६० मत प्राप्त गरिन् । निर्वाचनमा १ हजार ४ सय ७४ मत खसेको थियो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, तीन उपाध्यक्षमा जीवन थापा, अमृत राई र साजन शर्मा, महासचिवमा इन्दिरा तिवारी, सचिवद्वयमा नेत्र पौडेल र नवीन पुडासैनी विजयी बनेका छन् ।कोषाध्यक्षमा आलोक बानियाँ र सहकोषाध्यक्षमा जीत थापा सरु मगर विजयी बनेका छन् ।

त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बू, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएका छन् ।आईसीसी सदस्यमा लोचन राई र प्रकाश धमला विजयी बने भने युवा संयोजकमा सन्तोषकुमार राई र महिला संयोजकमा भावना गुरुङ र्नि्विरोध चयन भए ।

निर्वाचन मण्डलका अनुसार कुल मतदाता २२ सय ८३ मध्ये ६३ प्रतिशत अर्थात् १४ सय ७४ जना मतदाताले मतदान गरेका थिए ।

भट्टराईद्वारा एनआरएनए कोरियाको महासचिवमा उम्मेदवारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More