एनआरएनए जर्मनीले गर्यो सकारात्मक निर्णय

10 April, 2017 19:50 | एन आर एन न्युज | comments | 18900 Views

nrn-germany-1

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले नेपालको विकासका लागि जर्मनका सहयोगी संस्थासंग समन्वय गर्ने र नेपालीहरुलाई नेपाल फर्केर केही गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको छ ।

गत मार्च ३१ का दिन एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महिला सहसंयोजक राजनी प्रधानको उपस्थितिमा भएको अन्तरक्रिर्याले सो निर्णय गरेको हो ।

अन्तरक्रियामा जर्मनबासी नेपालीहरुले नेपालमा जिआईजेडको सहयोगमा कसरी परियोजना संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । जर्मनीमा उच्च शिक्षा हाँसिल गरिसकेका नेपालीहरु नेपाल फर्किएर आफूले पढे अनुसारको काम खोज्न र एक वर्षसम्म पाइरहेको तलबमा पाँच सय यूरो बराबरको रकम थपेर नेपाल फर्किन प्रोत्साहन गर्ने गरेको र नेपाल फर्किदा लाग्ने हवाई खर्च पनि दिने गरेको विषयमा समेत चर्चा गरिएको थियो ।

germany

अन्तरक्रियामा एनआरएनए महिला विभागले एनआरएनए जर्मनीको सहयोगमा नेपालको सुदूरपश्चिममा आङ खस्ने समस्याबाट पीडित महिलाहरुको उपचार तथा जागरण अभियानन चलाएको जानकारी समेत दिएको थियो ।

कार्यक्रमका लागि फ्र्यान्कफर्टबासी समाजसेवी रमेश अर्याल र श्रीमती शर्मिला राजभण्डारीले १०० यूरो सहयोग गर्नुभएको थियो । अन्तरक्रियामा कुम्भराज रेग्मी, एलसीसी कोअर्डिनेटर लोकमणि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More