एनआरएनए जर्मनी एलसिसी बर्लिन तथा ब्राण्डनबर्गको संयोजकमा महेन्द्र धिताल निर्वाचित

9 August, 2017 11:27 | एन आर एन न्युज | comments | 17700 Views

गैर आवासिय नेपाली संघ जर्मनी क्षेत्रीय समन्वय परिषद बर्लिन तथा ब्राण्डेन्बर्गको संयोजकमा महेन्द्र धिताल निर्वाचित भएका छन् । गैर आवासिय नेपाली संघ जर्मनी क्षेत्रीय समन्वय परिषद बर्लिन तथा ब्राण्डेन्बर्गको ७ अगष्ट २०१७ मा बर्लिनमा सम्पन्न तेस्रो अधिबेशनले धिताललाई निर्बाचित गरेको हो ।

एलसिसी संयोजक राजेश सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनएकि संस्थापक महिला संयोजक अग्रज उषा शर्मा,एनआरएनए जर्मनीका आईसीसी सदस्य सुरेन्द्र प्रधान,अध्यक्ष नवराज रोस्यारा लगायत बर्लिन तथा ब्राण्डनबर्ग निवासी तथा जर्मनीको विभिन्न ठाउँबाट आएका गैर आवासीय नेपालीहरुको ठुलो सहभागीयतामा सम्पन्न अधिबेसन आगामी कार्यकाल २०१७/२०१९ को कार्यकालको लागी महेन्द्र धितालको संयोजकत्वमा १५ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

उक्त अधिवेशनले आफ्नो २ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा एलसिसी निबर्तमान संयोजक राजेश सुनार लगायतको टिमलाई बधाइ तथा धन्यवाद ज्ञापन गरेको छ ।

नव निर्वाचित कार्यसमितीका पदाधिकारीमा महेन्द्र धिताल
 – संयोजक ,राममायॉ परियार
 – सहसंयोजक ,रुद्र सुब्बा
 सहसंयोजक
उत्तम घिमिरे
 – सचिब नारायण सापकोटा
 – कोषाध्यक्ष लक्ष्मी कुँबर- महिला प्रतिनिधि शिखर घिमिरे
- युवा संयोजक
कार्यकारी सदस्यहरु अनिल बाँनिया संगिता कटुवाल सुनिता ढुंगाना रबी ढुंगाना  दिनेश श्रेष्ठ प्रदिप बजगाइ लेजुना श्रेष्ठ अभिषेक अधिकारी रहेका छन् |

त्यसै गरि संरक्षक परिषदमा दिल बहादुर गुरुङ ,कृष्ण राना, कालिदास तिवारी र सल्लाहकारमा  परिषद मनोज कुमार भण्डारी, बसन्त पाण्डे  राजेश सुनार  रहेका छन् |

यो पनि : एनआरएन अमेरिकाको निर्वाचन रोक्न अदालतको आदेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More