एनआरएनए जापानको टिमलाई कास्की समाजको सम्मान

11 November, 2017 23:50 | जापान | comments | 58950 Views

गैर आवसिय नेपाली संघ जापानको नवनिर्वचित कार्यसमितिलाई जापानमा बस्ने पोखरेलीहरुको संस्था कास्की पोखरा समाज जापानले आईतबार टोकियोमा सम्मान सहित बधाई कार्यक्रम सम्पन्न गरेका छ ।

बधाई तथा सम्मान कार्यक्रम, एनआरएन जापानका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्त ओम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

adsads

कास्की पोखरा समाज जापानका कार्यबाहक अध्यक्ष विश्व सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कास्की समाजका अध्यक्ष एवं एनआरएन जापानका दशौं अधिवेशनबाट उपध्यक्षमा निर्वाचित शिवप्रसाद पौडेलले आफुलाई विजयी बनाउन अहोरात्र खटी सर्वाधिक मत सहित विजयी बनाउन सफल भएकोमा संस्थालाई आभार ब्यक्त गर्दै यो संस्थालाई सबै पोख्रेलीहरु मिलेर अझ बलियो बनाउन अनुरोध गर्नुभयो ।

बधाई कार्यक्रम नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा, कास्की समाजका सल्लाहकार सन्देश अधिकारीले सघसंस्थाका तर्फबाट बोल्नु भएको थियो ।
एनआरएन जापानको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपध्यक्ष अनिता गुरुङ, उपध्यक्ष सरोज कुमार खत्री, महासचिव बुद्धि राज घिमिरेले बधाई कार्यक्रमगरी ज़िम्मेवारी बोध गराएकोमा कास्की पोखरा समाजलाई धन्यवाद दिदै अगामी दिनमा पनि राम्रो र हाम्रो एनआरएन जापान बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

बधाई तथा सम्मान कार्यक्रममा कास्की पोखरा समाज जापानको अागामि नेतृत्व निर्वाचन नहुँदा सम्म वर्तमान उपाध्यक्ष विश्व सुवेदीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराईयो भने कार्यक्रमको संचालन सचिव कमल बास्तोला र स्वागत मनतब्य सल्लाहकार प्रकाशलाल श्रेष्ठले गर्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More