एनआरएनए जापानको नवनिर्वाचित टोलीको शपथग्रहण (भिडियो/फोटोसहित)

10 September, 2017 20:05 | एन आर एन न्युज | comments | 17400 Views

गैरआवासीय नेपाली संघ जापानको सन (२०१७-१९) को नवनिर्वाचित प्रतिनिधिहरुको शपथग्रहण कार्य सम्पन्न भएको छ ।

यही तीन सेप्टेम्बरमा सम्पन्न निर्वाचन मार्फत आएको टिम र त्यसअघि सर्वसम्मतमा चयन भएका प्रतिनिधिहरुलाई एनआरएनएका क्षेत्रीय संयोजक किरणबिक्रम थापाले शपथ खुवाएका हुन ।

शपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसीसी सदस्य भुसण घिमिरे, आइसीसी सदस्य तथा निर्वाचन आयुक्त ओम गुरुङ, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, निर्वाचन आयोग सदस्य भुपालमान श्रेष्ठ, पुष्कर जंग थापा लगायतको उपस्थितिमा शपथ खुवाइएको हो ।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकारहरुका साथै एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

सोही समारोहमा निबर्तमान अध्यक्ष सुदन थापालाई सफल कार्यकालका लागि बधाई तथा मायाको चिनो प्रदान गरिएको थियो ।

हेर्नुहोस् शपथग्रहणको यो भिडियो

गैर- आवशिय नेपाली संघ जापानको सन (२०१७-१९) को नब-निर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम –

Posted by NepalJapan.Com on Sunday, September 10, 2017

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More