एनआरएनए जापान, नयाँ कार्यसमितिको यस्ता छन् निर्णय
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यसमितिको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निणर्य गरेको छ ।
मंगलबार बसेको वैठकले १३ क्षेत्रमा रहेका क्षेत्रिय समितिलाई जिम्मेवार बनाउने विभिन्न नयाँ नियम तथा थप संयन्त्र तयारी गरेको छ । अध्यक्ष टासी लामाको सभापतित्वमा बसेको बैठकले राष्ट्रिय समितिका पदाधिकारीहरुलाई वैठकमा सहभागिता गराउन आचार संहिता सहित कडा नियम बनाईएको छ ।
जसमा कुनैपनि पदाधिकारीहरुले उचित कारण विना अनुपस्थित भएमा नगद पाँच हजार येन तथा एनआरएनए जापानको आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागि नहुनेलाई दश हजार येन जरिवाना तोकिएको छ । यसैगरि क्षेत्रिय तथा राष्ट्रिय कमिटिका पदाधिकारीहरुले कुनैपनि संघसस्था वा राजनीतिक संगठनको कार्यकारी पदमा बस्न नपाईने नियम लागू गरेको छ ।
यसैगरि वैठकले राष्ट्रिय कार्यसमितिको बैठक प्रत्येक २९२ महिनामा बस्ने जनाएको छ साथै सचिवालयको बैठक कम्तिमा पनि महिनाको एकपटक बस्ने छ ।
यसैसाता सम्पन्न अनलाईन निर्वाचन तथा पदाधिकारी चयनमा विशेष सहयोग गर्ने सम्पूर्ण शुभचिन्तक तथा एनआरएनए पदाधिकारीहरुमा आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।
हेर्नुहोस प्रथम वैठकले पारित गरेका विषयको पूर्ण पाठ
गैरआवसीय नेपाली संघ जापानको आठौ कार्यसमितिको बैठक संघका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा सम्पन्न भयो, कार्यसमितिको पहिलो बैठकले बिभिन्न बिषयमा निर्णय गर्यो ।
गैरआवसीय नेपाली संघ जापानको सातौ महाधिवेसन र अभियानमा सहयोग गर्नुहुने नेपाली महामहिम राजदञ्त प्रतिभा राणा, एनआरएनए आईसिसि अध्यक्ष शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन, एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापा, उपसंयोजक गोबिन्द्र श्रेष्ठ(रोबिन्द्र), आईसिसि सदस्यहरु, निवर्तमान अध्यक्ष सुदन थापा, निर्वाचन कमिटिका प्रमुख ओम गुरुङ, सदस्यहरु डा. वेद काफ्ले, मेघराज नेपाल, डा. भुपालमान श्रेष्ठ र पुष्करजंग थापा, एनआरएनए क्षेत्रिय कमिटि, राजनीतिक दलका भातृ संगठन, पत्रकार, विभिन्न संघर संस्था , कलाकार, बुद्धिजीवी, ब्यापारी, बिधार्थी साथै सम्पुर्ण महाधिवेशन प्रतिनिधि तथा मतदाताहरुमा संघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरियो।
क्षेत्रिय कमिटिको कार्यकुशलता, सकृयता र बड्दो नेपाली समुदायको गतिबिधिहरुलाई मध्यनजर गर्दै हाल बिधमान क्षेत्रिय कमिटि लाई ४क्षेत्र निर्धारण गरि अतिरिक्त सहयोग कमिटि गठन गरिने छ, जसमा संयोजकको ज़िम्मेवारी तीन उपाध्यक्षलाई र सहसंयोजकको ज़िम्मेवारी संवन्धित क्षेत्रीय संयोजकलाई तोकिने छ। प्रत्येक महिनामा आआफ्नो क्षेत्रको रिपोट संयोजकले राष्ट्रय कमिटि समक्ष बुझाउनु पर्ने छ।
राष्ट्रिय कमिटी वा क्षेत्रीय कमिटीको कार्यकारिणी पदमा रहनुहुने पदाधिकारी अर्को संघ र संस्था वा राजनीतिक संगठनको कार्यकारिणी एक तर्फको कार्यकारिणी पद बाहेक पद ग्रहण गर्न पाईने छैन। भएमा आजको मितिले १५ दिन भित्र कुनै एक पद छोड्नु पर्ने छ। राष्ट्रिय वा क्षेत्रीय कमिटिमा रहने ब्यक्तिले संघले तोकेको र दिएको ज़िम्मेवारी बाहेक कुनै कार्यक्रमको संयोजक र आर्थिक संकलन गर्न पाईने छैन।
कार्यसिमितिका सदस्यहरू बैठकमा उचित कारण बिना अनुपस्थित भएमा पाँच हजार येन र एनआरएनएको आयोजनामा हुने कार्यक्रममा अनुपस्थित रहेमा १०,००० येन रकम संघ लाई भुक्तानि गर्नु पर्ने छ। तर कार्यक्षेत्र जापान बाहिर वा बिरामि भै प्रमाण पेश गरेमा यो नियम लागु हुने छैन।लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित रहेमा संघको बिधानले दिएको अख्तियारी लागु गरिने छ।
-कार्यलय भाड़ा र प्रशासनिक खर्चमा संघलाई आर्थिक भार नपार्ने गरि राष्ट्रिय कमिटिका पदाधिकारि र सदस्यहरुले प्रति महिना ३०००येन का दरले सहयोग संकलन गरिने छ।
– एनआरएनए जापानको नया सदस्यको लागि २०१८ जनवरी १ तारिकबाट सदस्य वन्न सकिने गरि आवाहन गरिने छ।
-एनआरएनए जापानले अन्तराष्ट्रिय बिमानस्थल काठमाडौंको शौचालयको लागि २५ सेट ट्वाईलेट वास्लेट आईसिसि उपाध्यक्ष भवन भट्ट मार्फ़त हस्तान्तरण गरिने छ।
बुद्धि राज घिमिरे
महासचिव
एनआरएनए जापान
यो पनि पढ्नुहोस्
एनआरएनए कोरिया अध्यक्षमा लक्ष्मी लामा गुरुङ निर्वाचित
तपाईंको प्रतिकृया
ताजा समाचार
- वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री
- ‘लम्फू’को नयाँ गीत ‘सुको नहोस् यार’ रिलिज
- नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी
- ग्लोबल आइएमइ दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनित
- घाँस काट्न गएकी बालिकाको हत्या
- मोरङमा ७ वर्षीया बालिकाको हत्या
- तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी
- बालिका बलात्कार गरेको आरोपमा पाँच वर्षको कारागार सजाय
- दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु
- आइजिपी नियुक्तिपछिका ३ घन्टा सकस, षड्यन्त्र, त्रास र स्टे अर्डर
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने
- महानायक हमालद्वारा विद्यार्थी भर्ना
- अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
- आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा
- जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
- डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन
- इन्धनमा कृत्रिम मूल्यवृद्धि स्वीकार्न सम्भव छैन – ट्रम्प
- निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही
- दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
- ५ जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


